धरान: सुनसरी जिल्लामा असार २२ गतेसम्म निषेधाज्ञा थपिएको छ । निषेधाज्ञा अवधि थपिए पनि खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । 

प्रशासनका अनुसार असार १५ गतेदेखि २२ गते मध्यराती १२ बजेसम्म निषेधाज्ञा अवधि थपिएको छ । यो अवधिमा खाद्यान्न, तरकारी, फलफुल, डेरी, मासुजन्य तथा बिउविजन बिक्री गर्ने पसलहरु दिनैभरि सञ्चालन गर्न छुट दिइएको छ । यसबाहेकका पसलहरु भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ । हाटबजार, गुद्री, सुब्जीमण्डीमा भिडभाड हुन नदिने निर्णय गरिएको छ भने कृषि थोक बजार बिहान ४ बजेदेखि बिहान १० बजेसम्म सञ्चालन गर्न दिइएको छ । 

यसैगरि, यातायातको हकमा निजी सवारी, सिटी सफारी, इ रिक्सासमेतलाई असार १५ गते मंगलबारदेखि २२ गते राती १२ बजेसम्म जोर विजोर प्रणालीमा चल्न छुट दिइने निर्णय गरिएको छ । सवारीसाधनहरु जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरको सवारीसाधनहरु मात्र चल्न पाउनेछन् ।

cdo-notice cdo-notice1