इटहरी: इटहरी उपमहानगरपालिकाले मौरीपालक कृषकहरुलाई मौरीको घार प्रदान गरेको छ । 

मेयर द्धारिकलाल चौधरीले इटहरी वडा नंं २,३ र ४ का मौरी पालन गर्ने फर्म तथा कृषकलाई ६१ वटा घार वितरण गरेका हुन् । उपमहानगरपालिकाको ७५ प्रतिशत अनुदानमा घार वितरण गरेको जनाएको छ ।

कृषक समूह र फर्महरुलाई मौरी पालन ब्यबसायमा थप सहयोग पुगोस् भन्ने उदेश्यले घार प्रदान गरिएको कृषि शाखा प्रमुख गंगामाया अघिकारीले जानकारी दिइन् ।