विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४६३ जना संक्रमणमुक्त भएका छन् । 

संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ४७१ पुगेको छ । यस्तै, ४२९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६०, मोरङमा १२२,  झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, संखुवासभा, भोजपुर र खोटाङमा २–२, पाँचथर, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ७४, इटहरीमा ६३, रामधुनीमा ६, बराहक्षेत्रमा ४,  दुहवी र गढीमा २–२, कोशी गाउँपालिका, हरिनगर, भोक्राहा र बर्जुमा १–१ र स्थानीय तह नखुलेका ५ जना छन् । मोरङको विराटनगरमा ७१, सुन्दरहरैचामा १०, बुढीगंगामा ८, उर्लाबारीमा ६, लेटाङ र केराबारीमा ५–५, मिक्लाजुङमा ४, पथरीशनिश्चरेमा ३, कटहरी र बेलबारीमा २–२, कानेपोखरी, रंगेली, रतुवामाई, धनपालथान, जहदा र स्थानीय तह नखुलेका १–१ जना छन् । 

झापाको विर्तामोडमा २९, दमकमा २०, भद्रपुरमा १३, अर्जुनधारामा ८, कनकाई र मेचीनगरमा ७–७, शिवसताक्षीमा ५, झापा गाउँपालिकामा ३, बा¥हदशीमा २, गौरीगञ्ज, हल्दिबारी र स्थानीय तह नखुलका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रिवास, महालक्ष्मी र स्थानीय तह नखुलेका २–२, साँघुरीगढी र शहिदभूमीमा १–१,  इलामको इलाम नगरपालिकामा ५, माईजोगमाई, मांसेबुङ र चुलाचुलीमा १–१, उदयपुरको चौदण्डीगढी, त्रियुगा र कटारीमा २–२, संखुवासभाको चैनपुरमा २, भोजपुरको भोजपुर जगरपालिका  र स्थानीय हत नखुलेका १–१ जना छन् । 

खोटाङको दिक्तेल रुपाकोटा मझुवागढी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, ताप्लेजुङको फुङलिङ र ते¥हथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७१ हजार ३०१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ६१४ रहेको छ । 

(सामाजिक विकास मन्त्रालयले तथ्यांक फरक उपलब्ध गराएर यसअघिको समाचारमा अन्यथा हुन गएकोमा सच्याइएको छ । सम्पादक)