धरान: संस्थागत(निजी) विद्यालयहरुले मनोमानी बार्षिक तथा मासिक शुल्क लिइरहेको भन्दै धरान अभिभावक विद्यार्थी परिवारले रोक्न माग गरेको छ । 

अभिभावकहरुले हिजो धरान उपमहानगरपालिकाका मेयर तिलक राई र ईलाका प्रशासन कार्यालय धरानका प्रमुखलाई स्मरण पत्र बुझाउदै मनोमानी शुल्क लिनबाट रोक्न माग गरेको हो । नियमित तलब पाउने कर्मचारी र उच्च वर्गबाहेक मध्यम वर्गीय, साना व्यवसाय गरेर जीविकोपार्जन, ज्याला मजदुरी गर्नेहरु निषेधाज्ञाको कारण आर्थिकमा मारमा परेको भन्दै अभिभावक परिवारले गत बर्षको तुलनामा चर्को शुल्क लिनु मानवीय नहुने जनाएको छ । अभिभावकहरुले सर्वपक्षीय छलफल गरी न्यायोचित निर्णय, निर्देशन, नियन्त्रण र अनुगमन गर्न पनि आग्रह गरेका छन् ।

sikxa1

स्वास्थ्य मन्त्रालयले नै कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने भन्दै २० प्रतिशत बेड छुट्याउन अस्पताललाई निर्देशन दिइसकेको भन्दै अभिभावक परिवारले यो शैक्षिक सत्रमा पनि बालबालिकाले भौतिकरुपमा उपस्थित भएर पठनपाठन गर्नसक्ने अवस्था नभएको जनाएको छ । अनलाइन कक्षा सञ्चालनको लागि इन्टरनेट सेवा गुणस्तरीय नहुने, खराब दृष्य र आवाजले गर्दा नबुझी नबुझी पढ्नुपर्ने, नबुझेको कुरा सोध्दा सोध्दै समय खेर जानेलगायत समस्या हुने पनि स्मरण पत्रमा उल्लेख गरिएको छ । स्मरण पत्र बुझ्दै मेयर राईले सकरात्मकरुपमा लिएको र सरोकारवालाहरुबीच छलफल गर्ने बताएको अभिभावक विकास भाटीले जानकारी दिए । स्मरण पत्र धरान नागरिक दबाब सञ्जाललाई पनि बुझाइएको उनले बताए । 

sikxa2sikxa3

sikxa4