सोलुखुम्बु: खुम्बु पासाङ ल्हमु गाँउपालिका १ खरिखोलाका ३३ बर्षीय रिन्जी पासाङ शेर्पाको भर्याङबाट लडेर मृत्यु भएको छ । सोताङ गाँउपालिका ५ स्थितमा रहेको बिरेन्द्र ज्योती माध्यामिक बिद्यालयको निर्माणाधिन भवनको मिस्त्री काम गरिरहेका रिन्जी आईतवार राती ११ बजे भर्याङबाट लडेर कंचटमा चोट लागेर गम्भिर घाईते भएका थिए ।
उनलाई उपचारको लागी प्राथमिक स्वास्थ्य चौकी सोताङमा लगिएको थियो । उनको उपचारको क्रममा राती सँवा १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाई छ । मृतक सोही स्थानमा नै कोठामा बस्दै आएका थिए ।
पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
कोशी गाउँपालिका ५ मा एक बालकको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । स्थानीय अजल मियाँको ९ बर्षीय छोरा ईर्फान मियाँको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
आईतवार दिउँसो ३ बजे घर नजिकै खेल्ने क्रममा पानी जमेको खाल्डोमा अचानक डुबेर बालक घाईते भएका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
भीरबाट लडेर बालकको मृत्यु
उदयपुरको रौतामाई नगरपालिका ४ माल्वासेका १३ बर्षीय बालक बिशाल सार्कीको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको जंरगेडाँडा भिरमा बाख्रा चराउन गएका उनी आईतवार अपरान्ह पौने ५ बजे तिर भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको छ ।