धरान: कोरोना संक्रमण भएपछि उपचारको क्रममा धरानका २ जना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान ८ की ६७ बर्षीय वृद्धा छिन् भने अर्का धरान ११ का ९१ बर्षीय वृद्ध रहेका छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार धरान ११ का ९१ बर्षीय वृद्धको आज बिहानै १ बजेर १८ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो । मृतक मधुमेह, मुटु र मृगौलाका दीर्घ रोगी थिए । उनलाई असार २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने हिजो मात्रै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
यसैगरि, धरान ८ की ६७ बर्षीय वृद्धको आज बिहान २ बजेर २० मिनेटमा मृत्यु भएको थियो । उनलाई पनि मुटु र दमको समस्या थियो । उनलाई असार १४ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतक दुवैको शव नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ।