धरान: कोरोना संक्रमित भोजपुरकी एक वृद्धाको उपचारको क्रममा धरानमा मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा टेम्केमैयुङ गाउँपालिका २ की ६८ बर्षीया वृद्धाको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मध्यराती १२ बजेर ४५ मिनेटमा उनको मृत्यु भएको थियो ।
मृतकलाई असार २४ गते जेनएक्स्पोर्ट पोजेटिभ देखिएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शवको व्यवस्थापन नियम अनुसार भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।