धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत संयुक्त संघर्ष समितिले दोस्रो पटक पनि वार्ता गर्न उपकुलपतिले गरेको अपिललाई अस्वीकार गरेको छ । 

उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले बिहिबार साँझ वार्ताको अपिल गरेपनि संघर्ष समितिले पुनः अस्वीकार गरेको हो । संघर्ष समितिले प्रतिष्ठानका पदाधिकारीहरुसँग वार्ता नगर्ने आफुहरुको वटमलाइन रहेको प्रष्ट पारेको छ । संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले भने,‘अपिल भर्खर हेरियो । आधिकारिकरुपमा छलफल हुन पाएको छैन, तर वार्ता यहाँका पदाधिकारी, उपकुलपतिसँग हुदैन । अब मात्र सहकुलपति वा उपकुलपति कार्यालयबाट गठन हुने अधिकारसम्पन्न वार्ता टोलीसँग मात्र हुन्छ, त्यो हाम्रो बटमलाइन हो।’ 

प्रतिष्ठानका पदाधिकारीहरुसँग वार्ता गर्न नैतिक हैसियत नरहेको डा.पोखरेलको भनाई छ । अपिलमा उपकुलपतिमाथि आफुहरुले उठाएको प्रश्न र आरोपबारे उल्लेख नभएको पनि उनले बताए । संघर्ष समितिले उपकुलपति गिरीले प्राध्यापक पद लेख्ने गरेकोमा पनि प्रश्न उठाउदै कुन मितिमा कुन विश्वविद्यालयबाट प्राध्यापक उपाधि लिएको हो, सो प्रष्ट पार्न माग गरेको छ । साथै, असार १५ गतेको वार्ताको क्रममा मदिरा पिएको आरोप संघर्ष समितिको छ । ‘उहाँलाई जे आरोप लागेको हो, त्यसबारे कुनै प्रतिक्रिया छैन,’डा.पोखरेलले भने,‘अब वार्ता उपकुलपतिसँग होइन, सरकारसँग मात्र हुन्छ ।’

असार १५ गते वार्ता भाँडिएपछि संघर्ष समितिले चारै जना पदाधिकारीहरुको राजिनामा माग्दै उनीहरुसँग वार्ता नगर्ने अडानमा छ । त्यसयता आन्दोलनकारी र पदाधिकारीहरुबीच संवाद हुन सकेको छैन । गत साता स्वास्थ्य मन्त्रालयको एक टोली आएर वार्ताको लागि मध्यस्थता गर्ने प्रयास गरेपनि आन्दोलनकारीले पदाधिकारीहरुसँग वार्ता नगर्ने बताएपछि फर्किएको थियो । संघर्ष समितिले बुधबार कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई एक पत्र पठाउदै ४८ घण्टाभित्र माग पुरा नभए शुक्रबारदेखि आकस्मिक, कोभिड अस्पताल र पुर्वनिर्धारित परीक्षाबाहेक बिहान ८ देखि १० बजेसम्म सबै सेवा बहिष्कार गर्ने चेतावनी दिएको थियो ।


यी हुन् संघर्ष समितिको १२ बुँदे माग र प्रधानमन्त्री शेरबहादुर देउवालाई ४८ घण्टे अल्टिमेटमसहित पठाएको पत्र:




उपकुलपतिले वार्ताको आग्रह गर्दै बिहिबार निकालेको अपिल: