धरान: प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले अबको केही दिनमै प्रदेशसभामा प्रदेशको नामाकरण बारेमा छलफल शुरु गरिने बताएका छन् ।

जनतासँग मुख्यमन्त्री कार्यक्रममा कुरा गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । मुख्यमन्त्री राईले आफूले सुरुमा प्रदेशसभालाई सम्वोधन गर्दा र वजेट नीति तथा कार्यक्रमका वारेमा प्रश्नको जवाफ दिदाँ वजेट लगत्तै प्रदेशको नामका विषयमा छलफल सुरु हुने बताएको स्मरण पनि गरिन् । अब केही दिनमै प्रदेशसभाको अधिवेशनमा नाम बारेको छलफल सुरु गरिने उनले बताए ।

नामबारे पास गर्न दुई तिहाई बहुमत आवश्यक पर्ने तर आफनो दलसँग दुईतिहाई नभएकोले काँग्रेस, माओवादी लगायतका दलसँग छलफल गर्ने मुख्यमन्त्री राईले बताए । उनले,“मेरो दलसँग दुई तिहाई छैन, त्यसो हुदाँ काँग्रेस, माओवादी केन्द्र अन्य दल सहमत हुदाँ सर्वसम्मत हुन्छ, सर्वसम्मत नभए दुईतिहाईका लागि या त काँगेस सहमत हुनुपरयो या माओवादी केन्द्र सहमत हुनुपरयो, त्यसका लागि हामी छलफल गछौ, सकेसम्म सर्वसम्मत नभए दुईतिहाईकालागि संयोजन गर्ने कार्य म गर्छु ।”

मुख्यमन्त्री राईले आजदेखि सुरु भएको आर्थिक बर्षमा वजेट कार्यावन्यनमा ढिलाई नगरिने पनि बताए । उनले साउन भरिमा आवश्यक नीति, निर्माण गरेर भदौदेखि कार्यावन्यन सुरु गरिने जानकारी दिए । बजेट कार्यान्वयनलाई सहजता प्रदान गर्न जिल्ला जिल्लामा कार्यालयहरु स्थापना गरिने र त्यसका लागि गृहकार्य भइरहेको पनि बताए । आफूले सुरुका वर्षहरुदेखिनै असारे विकास हुन नदिने भनेको तर कोरोनाका कारण विगतका वर्षहरुमा वजेट कार्यान्वयनमा केही असहजता आएको बताए ।