धरान: धरान १७ स्थित असारे बस्तीका बासिन्दालाई लक्षित गरेर शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको छ ।
लायन्स / लियो क्लब अफ धरान विजयपुर र लायन्स क्लब अफ धरान गौतम बुद्धको संयुक्त आयोजनामा स्वास्थ्य शिविर आयोजना भएको हो । सयपत्री बालविकास केन्द्रमा आयोजित शिविरमा अल्ट्रासाउण्डमार्फत पथरी, मृगौला, मुटू, प्रोस्टेड तथा अन्य स्वास्थ्य समस्याहरुको जाँच गरिएको आयोजकले जनाएको छ । लायन्स क्लब अफ धरान गौतम बुद्धका अध्यक्ष विकास भाटीको अध्यक्षतामा आयोजित शिविरमा स्थानीय ९५ जनाको स्वास्थ्य जाँच निःशुल्क भएको थियो ।
शिविरमा किर्तिपुर हस्पिटल काठमाण्डौंबाट आएका रेडियोलोजिष्ट डा. विश्व डङ्गोलले स्थानीयको स्वास्थ्य परीक्षण गरेका थिए । उनी आफ्नो आमा सुजाता श्रेष्ठ आबद्ध रहेको संस्था लाइन्स क्लबको व्यवस्थापनमा आयोजित शिविरको लागि धरान आएका थिए । परीक्षण गरिएकाहरुमध्ये धेरैलाई पथरी, फ्याटिलिभर, प्रोस्टेड, मासु पलाएको सिस्ट देखा परेको डा. डङ्गोलले जानकारी दिए । उक्त सिविरमा ग्यालेक्सी डाइगोनिस्ट सेन्टर धरान-१८ का प्रोपाइटर एवं लायन नविन घिमिरेले विरामीहरुलाई अन्य जाँचमा ३५ प्रतिशत छुटको व्यवस्था पनि गरिदिएका थिए ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा लायन्सका 325 A 1 का द्धितिय उपाध्यक्ष नरनाथ सापकोटा (PMJF) रहेका थिए । यस्तै, बिशेष अतिथिमा जिल्ला कोषाध्यक्ष कोमल शाक्य, लायन्स क्लब अफ विजयपुरका अध्यक्ष सकुन्तला भुषाल, समाजसेवी मिना पुलामी, गौरीशंकर अग्रवाल, धिरज गुरुङ, रेखा गुरुङ, बलराम मानन्धर, चित्र कुमारी राई, टंक कुमारी गुरुङ, सुजाता श्रेष्ठ, कविता लिम्बु, कबिर भगत प्रधानाङ, रुक्मणी मास्के, मान भगत चाम्लिङ, आभा सुवाललगायत अतिथिहरु रहेका थिए ।