धरान: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३६६ जना कोरोना संक्रमित थपिएका छन् । 

सुनसरीमा १३८, झापामा १२२, मोरङमा ८१, धनकुटामा ९, इलाममा ६, उदयपुरमा २, संखुवासभा, भोजपुर र उदयपुरमा १–१ जना थपिएका छन् भने प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ६३, इटहरीमा ६२, इनरुवा र बराहक्षेत्रमा ४–४, भोक्राहा नरसिंह र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ३ जना छन् । 

उता, झापाको विर्तामोडमा ३४, दमकमा २४, मेचीनगरमा १८, भद्रपुरमा १३, कनकाईमा ९, शिवसताक्षीमा ७, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ४, हल्दिबारी र झापा गाउँपालिकामा २–२, बुद्धशान्ति, बाह्रदशी र कचनकवलमा १–१ जना छन् । मोरङको विराटनगरमा ५२, सुन्दरहरैचामा ८, उर्लाबारीमा ७, पथरीशनिश्चरेमा ५, रतुवामाईमा ३, ग्रामथानमा २, कटहरी, कानेपोखरी, बेलबारी र जहदामा १–१ जना छन् । 

धनकुटाको धनकुटा नगरपालिकामा ७, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, माई, चुलाचुली, रोङ, सन्दकपुरमा १–१, उदयपुरको कटारी र त्रियुगामा १–१, संखुवासभाको खाँदबारीमा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७८ हजार ५५५ पुगेको छ । संक्रमित भएका मध्ये ७१ हजार ४२६ जना संक्रमणमुक्त भएका भएका । सक्रिय संक्रमितको संख्या ५ हजार ६६१ रहेको छ ।