धरान: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ६३५ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा २५७, झापामा १७२, सुनसरीमा १५८, तेह्रथुममा ९, इलाम र धनकुटामा ७–७, उदयपुरमा ४, ओखलढुङ्गा, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ७२, बेलबारीमा ५७, पथरीशनिश्चरेमा ५६, केराबारीमा २६, सुन्दरहरैचामा १६, बुढीगंगामा १३, उर्लाबारीमा ८, जहदा, मिक्लाजुङ र स्थानीय तह नखुलेका २– २, रंगेली, रतुवामाई र कटहरीमा १–१ जना थपिएका छन् । यस्तै, झापाको विर्तामोडमा ४६, भद्रपुरमा ३२, दमकमा २५, मेचीनगरमा १७, कनकाई र अर्जुनधारामा १३–१३, शिवसताक्षीमा १२, बुद्धशान्ति र कमल गाउँपालिकामा ४–४, बाह्रदशी र स्थानीय तह नखुलेका २–२, गौरादह र हल्दिबारीमा १–१ जना छन् ।
यता, सुनसरीको धरानमा ७१, इटहरीमा ५८, रामधुनी र बराहक्षेत्रमा ८–८, इनरुवा र स्थानीय तह नखुलेका ५–५, दुहवीमा ३, ते¥हथुमको म्याङलुङमा ८, स्थानीय तह नखुलेको १ जना छन् भने इलामको सन्दकपुरमा २, इलाम नगरपालिका, माईजोगमाई, सुर्योदय, माई र चुलाचुलीमा १–१ जना छन् ।
मन्त्रालयका अनुसार धनकुटाको धनकुटा नगरपालिकामा ३, शहिदभूमीमा २, महालक्ष्मी र पाख्रिवासमा १–१, उदयपुरको चौदण्डीगढीमा २, बेलका र कटारीमा १–१, ओखलढुङ्गाको सुनकोशी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम र याङवरकमा १–१, भोजपुरको षडानन्द र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७९ हजार १९० पुगेको छ । संक्रमित भएकामध्ये ७१ हजार ७३३ जना संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो चौबिस घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९७८ रहेको छ ।