धरान: पुर्व प्रधानपञ्च सुर्यप्रसाद उपाध्यायको निधनमा धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ ।

धरान १४ निवासी उपाध्यायको हिजो ८५ बर्षको उमेरमा उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो । उनको निधनमा आज धरान नगर कार्यपालिकाको कार्यालय र मातहतका सबै कार्यालयमा विदा दिइएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् । उनका अनुसार दमकल, सरसफाईलगायत अत्यावश्यक सेवा भने सुचारु नै हुनेछ । 

उपाध्याय पञ्चायती व्यवस्था शुरु भएपछि धरानको पहिलो प्रधानपञ्च हुन् । साथै उनी २०२८ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनित भएका थिए भने सरकारले उनलाई २०४३ सालमा जनकपुर अञ्चलको अञ्चलाधिश पनि बनाएका थिए । पञ्चायत व्यवस्था नढलेसम्म उनी अञ्चलाधिश भएका थिए । 

notice