ईलाम:  छोराको कुटपिटबाट गम्भीर घाइते भएका ईलामको देउमाई नगरपालिका २ पुङफुङ का ८५ बर्षीय टेक बहादुर मुखियाको मृत्यु भएको छ । 

छोराको कुटाइबाट गम्भीर घाइते भएका टेकबहादुरको ४ दिन पछि मृत्यु भएको हो । गत श्रावण ७ गते आफ्नै छोरा ३४ बर्षीय गिर्जमान मुखियाले घरयासी झगडामा बुबा टेक बहादुरलाई कुटपिट गरेका थिए । कुटपिटबाट टेकबहादुर गम्भीर घाईते भएका थिए ।

घाईते टेकबहादुरलाई बिर्तासिटी अस्पाल विर्तामोडमा उपचारको लागि लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि घरतर्फ फिर्ता ल्याउने क्रममा उनको हिजो राती ९ बजे मृत्यु भएको हो । उनको मृत्यु भएपछि कुटपिट गर्ने गिर्जमानलाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरि अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाएको  जनाएको छ।