धरान: शुक्रबार राती धरानको वडा नं १६ को वडा कार्यालयमा भएको चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । 

पक्राउ परेका धरान १ का ३० बर्षीय शंकर साह र ३२ बर्षीय सन्तोष भुजेललाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार चोरी गरेको सामानसहित आइतबार दिउँसो दुहबी ३ बाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । शंकरले चलाएको प्रदेश १-०२-००३ ह ३७८ नम्बरको टेम्पो चेकजाँच गर्दा पछाडि डिकीमा लुकाई राखेको चोरीको सामानहरु वरामद भएको प्रहरीले जनाएको छ । 

chori tempo

टेम्पोबाट चोरी भएको कम्प्युटर सिपियु १ थान, डेल कम्पनीको मोनिटर १ थान, डेलकै कि बोर्ड १ थान, माउस १ थान, मल्टी प्लक १ थान वरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई सोमबार चोरुी मुद्दामा ५ दिनको म्याद थप भएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उक्त घटनामा अन्य पनि संलग्नता खुलेको र धरान प्रहरीले खोजी कार्य तीब्र पारेको जनाएको छ ।