धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९२२ जनामा कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ४८ जना धरानका हुन् । 

सामाजिक विकास मन्त्रालयका अनुसार कुल १ हजार ५६६ जनाको पीसीआर परीक्षण गर्दा ४८५ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ६७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा संक्रमण देखिएको छ । पीसीआर परीक्षणका आधारमा झापामा २१५, मोरङमा १३५, सुनसरीमा ९९, धनकुटामा १९, उदयपुरमा ६, पाँचथर र संखुवासभामा २–२, इलाम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ । 

झापाको दमकमा १५२, विर्तामोडमा २२, भद्रपुरमा १९, मेचीनगरमा ११, कनकाईमा ४, अर्जुनधारामा ३, कमल गाउँपालिका, बुद्धशान्ति, गौरादह र झापा गाउँपालिकामा १–१ जना छन् । यस्तै, मोरङको विराटनगरमा ४१, बेलबारीमा ३५, केराबारीमा २४, सुन्दरहरैचामा २१,  बुढीगंगा र लेटाङमा ३–३, कटहरी, उर्लाबारी र स्थानीय तह नखुलेका २–२, कानेपोखरी र रतुवामाईमा १–१ जना छन् ।

सुनसरीको धरानमा ४८, इटहरीमा ३८, बराहक्षेत्रमा ५, रामधुनीमा २, भोक्राहानरसिंहमा १,  इनरुवामा १ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरि, धनकुटाको धनकुटा नगरपालिकामा १४, पाख्रिवासमा ३, महालक्ष्मीमा २, उदयपुरको त्रियुगामा ६, पाँचथरको फिदिम र फालेलुङमा १–१, संखुवासभाको खाँदबारीमा २, इलामको सुर्योदय र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६६ महिला र १९९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।