धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ५९ वटा आवास बाहिरका संस्था एवं व्यक्तिहरुले अनधिकृतरुपमा बसोबास गरिरहेको पाइएको छ । 

ती मध्ये अधिकांशले घर भाडा र विद्युत महशुल पनि तिरेका छैनन् । प्राध्यापक डा.अनुप घिमिरे संयोजक रहेको आवास व्यवस्थापन समितिले २०७७ साउन ७ गते बुझाएको प्रतिवेदन अनुसार ती ५९ वटा आवासमा गैरकर्मचारी तथा निजी कम्पनीहरुले प्रयोग गरिरहेका छन् । हालै सरकारले गठन गरेको वीपी प्रतिष्ठानको समस्या पहिचान तथा छानबिन कार्यदलले पनि डा.घिमिरेको सोही प्रतिवेदनको आधारमा बाहिरका संस्था तथा व्यक्तिहरुले प्रयोग गरिरहेको आवास संख्या र नामसमेत सार्वजनिक गरेको छ ।

आवास प्रयोग गर्नेमध्ये केहीले सम्झौता गरि बसेको, केहीले पछि सम्झौता गरेको, केहीको सम्झौताको म्याद सकिएर नविकरण नभएको र केहीको सम्झौताको कागजात पनि फेला नपरेको प्रतिवेदनमा उल्लेख छ भने केहीले घरभाडा र विजुली महशुल पनि नतिरेको डा.घिमिरेको प्रतिवेदनमा उल्लेख छ । 

किड्जीलाई करोडौंको जग्गा, भवन र आवास मात्र १४ हजारमा

प्रतिष्ठानले भारतीय लगानीको किड्जी स्कुललाई आवास मात्र होइन, करोडौंको जग्गा र भवन मात्र मासिक भाडा १४ हजारमा दिइरहेको छ । यो स्कुलले एउटा आवास प्रयोग गरिरहेको छ भने स्कुलको लागि जग्गा र भवन पनि दिएको कार्यदलको प्रतिवेदनले खुलाएको छ ।

bp-kidzee

किड्जीलाई जग्गा र भवन भाडामा दिदा प्रतिस्पर्धासमेत नगरेको प्रतिवेदनमा उल्लेख छ । किड्जी स्कुल प्रतिष्ठानकै उच्चतहका कर्मचारीहरुको साझेदारी लगानीमा ल्याइएको हो । त्यसैले सेटिङमा विना प्रतिस्पर्धा किड्जीलाई मात्र १४ हजारमा करोडौं पर्ने जग्गा, भवन र आवास दिइएको हो ।

यी हुन्, प्रतिष्ठानको आवासमा बसोबास गरिरहेका संस्था तथा व्यक्तिहरु :

bp-awas1