धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २०१ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये सुनसरीको धरानमा ४८ जना छन् । 

कुल २ हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा ७३७ जनामा संक्रमण पुष्टि भएको हो भने १ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४६४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा झापामा ४१८, मोरङमा १७२, सुनसरीमा ८५, इलाममा २२, धनकुटामा १६, उदयपुरमा ९, भोजपुरमा ३, पाँचथर, ताप्लेजुङ, सोलुखुम्वु, संखुवासभा, तेह्रथुम र खोटाङमा १–१ जना छन् भने प्रदेश १ बाहिरका ६ जना व्यक्तिमा पनि संक्रमण पुष्टि भएको हो। 

झापाको विर्तामोडमा १२२, दमकमा ६५, कनकाईमा ५६, अर्जुनधारामा ४६, मेचीनगरमा ३१, शिवसताक्षीमा २६, भद्रपुरमा २२, बुद्धशान्ति र कमल गाउँपालिकामा १२–१२, गौरादहमा ९, हल्दिबारीमा ५, बाह्रदशी र स्थानीय तह नखुलेका ४–४, गौरीगञ्जमा ३, झापा गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि, मोरङको विराटनगरमा ७२, पथरीशनिश्चरेमा ४६, उर्लाबारीमा १७, सुन्दरहरैचामा ७, बुढीगंगामा ६, लेटाङ र बेलबारीमा ४–४, रंगेलीमा ३, ग्रामथान, केराबारी, रतुवामाई, कानेपोखरी, मिक्लाजुङ र धनपालथानमा २–२, सुनबर्षीमा १ जनामा संक्रमण थपिएको हो ।

यता, सुनसरीको धरानमा ४८, इटहरीमा २७, इनरुवामा ५, बराहक्षेत्रमा ३, भोक्राहानरसिंह र दुहवीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । पहाडी जिल्ला इलामको इलाम नगरपालिकामा ११, माईमा ५, चुलाचुली र रोङमा ३–३, धनकुटाको धनकुटा नगरपालिकामा १२, पाख्रिबासमा २, महालक्ष्मी र शहिदभूमीमा १–१, उदयपुरको त्रियुगामा ७, चौदण्डीगढी र बेलकामा १–१ जनामा संक्रमण देखिएको छ भने भोजपुरको अरुणमा २, पौवादुङ्मामा १, पाँचथरको हिलिहाङ, ताप्लेजुङको श्रीजंगा, सोलुखुम्वु, संखुवासभाको खाँदबारी, तेह्रथुम र खोटाङको खोटेहाङमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै, प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ६३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २९२ महिला र ३४१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ८ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।