धरान: धरानमा आज ५५ बर्ष र सो भन्दा माथिका नागरिकहरुलाई कोरोनाविरुद्ध भेरो सेल खोप लगाइदैछ ।
धरान उपमहानगरको स्वास्थ्य महशाखाका अनुसार धरान ८ स्थित सभागृह र वडा नं १, छाताचोकस्थित पुरानो अस्पताल हातामा खोप केन्द्र रहनेछ । यसअघि साउन ११, १२ र १३ गते भएको अभियान भेरो सेलको पहिलो मात्रा लगाउन छुटेका ज्येष्ठ नागरिकहरुलाई आज खोप लगाइने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
दुई वटा खोप केन्द्रमा बिहान १० बजेदेखि खोप लगाउन शुरु भइसकेको छ । दिउँसो ४ बजेसम्म खोप कार्यक्रम हुनेछ । आजको लागि कुल ७ सय डोज खोप आएको मेहताले जानकारी दिए । त्यसमध्ये ५ सय डोज ज्येष्ठ नागरिकलाई र २ सय डोज बैंक, बित्तिय, टेलिकमलगायत संघसंस्थाको लागि हो । यसअघि सुनसरी उद्योग वाणिज्य संघमा खोप कार्यक्रम हुँदा कुपन लिएको तर खोप लगाउन नपाएका २ सय जनालाई सोही कुपनको आधारमा खोप लगाइने मेहताले जानकारी दिए ।