धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५४ जनामा कोरोना संक्रमण भएको छ ।
कुल १ हजार ७४४ जनाको पीसीआर परीक्षण गर्दा ५५४ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा झापामा २५७, मोरङमा १३८, सुनसरीमा ९९, इलाममा १९, धनकुटामा १८, उदयपुरमा ६, संखुवासभामा २, पाँचथर र तेह्रथुममा १–१ जना छन् भने प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ ।
झापाको विर्तामोडमा ७८, दमकमा ४२, अर्जुनधारामा २९, कनकाईमा २६, भद्रपुर र मेचीनगरमा १९–१९, शिवसताक्षीमा १६, बुद्धशान्तिमा १४, गौरादह, बाह्रदशी र कमल गाउँपालिकामा ४–४, हल्दिबारी र झापा गाउँपालिकामा १–१ जना छन् । यस्तै, मोरङको विराटनगरमा ६१, बेलबारीमा २६, सुन्दरहरैचामा १५, पथरीशनिश्चरे र बुढीगंगामा ७–७, लेटाङ र कानेपोखरीमा ४–४, ग्रामथान र स्थानीय तह नखुलेका ३–३, केराबारी, रंगेली र उर्लाबारीमा २–२, सुनबर्षी र कटहरीमा १–१ जना छन् ।
सुनसरीको इटहरीमा ४७, धरानमा ३७, बराहक्षेत्रमा ४, रामधुनी र इनरुवामा ३–३, हरिनगर, दुहवी र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जना छन् भने इलामको इलाम नगरपालिकामा १४, माङ्सेबुङ, रोङ, माईजोगमाई, सुर्योदय र माई नगरपालिकामा १–१ जना छन् । यसैगरि, धनकुटाको धनकुटा नगरपालिकामा १५, महालक्ष्मीमा २, पाख्रिबासमा १, उदयपुरको लिम्चुङबुङमा २, त्रियुगा, चौदण्डीगढी, बेलका, र स्थानीय तह नखुलेका १–१ जना छन् । यस्तै, संखुवासभामा २, पाँचथरको फिदिममा १ र तेह्रथुममा १ जना छन् ।
प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६१ महिला र १७७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।