धरान: कोरोना संक्रमणको दर बढ्दै गएपछि धरानमा लकडाउन गर्ने चर्चा छ । केही दिनअघि धरानका विभिन्न राजनीतिक दलहरुले १५ दिन कडा लकडाउन गर्न सुझावसहित उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्रसमेत बुझाइसकेको छ ।

कोरोना संक्रमणको तेस्रो लहर आउने भन्दै सतर्क रहन सरकारले पनि आह्वान गरिसकेको बेला धरानमा संक्रमणको दर बढीरहदा स्थानीय सरकारले के तयारी गर्दैछ ? धरानमा कडा लकडाउन हुन्छ कि हुदैन ? यो प्रश्नको जवाफमा मेयर तिलक राईले भने,‘केही दिन अघिसम्म बन्द गर्ने कि नगर्ने भइरहेको थियो, कक्षा १२ को परीक्षा पनि स्थगित भइसके पछि अब बन्दको लागि तयारी हुनुपर्छ भन्ने कुरा छलफलमा आएको छ। खोपको कार्यक्रम सकेपछि साउनको अन्तिम र भदौको पहिलो हप्तादेखि लकडाउनको मनस्थिति बनाइरहेका छौं ।’

मेयर राईका अनुसार धरान प्रदेश नं १ र २ को महत्वपुर्ण स्वास्थ्य उपचार गर्ने केन्द्र भएकोले संक्रमणको दर अन्य क्षेत्रभन्दा बढी छ । खोप पनि पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको साथै विज्ञहरुले तेस्रो लहर पनि आउने चेतावनी दिइरहेको कारण चेन ब्रेक गर्न अलोकप्रिय भएपनि धरानमा लकडाउन गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘२, ३ दिनको समय दिएर कम्तीमा १५ दिन कडा खालको लकडाउन गर्नुपर्छ भनेर विज्ञ, दलहरुबाट सुझाव आएको छ । हामी आन्तरिक तयारी र छलफल गरिरहेका छौं ।’ मेयर राईले जिल्ला र छिमेकी नगरहरुसँग समन्वय गरेर एकसाथ लकडाउन गर्दा राम्रो हुने पनि बताए । 

भिडियो :