धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । 

कोभिड अस्पतालमा उपचारको क्रममा सुनसरीको बराहक्षेत्र ७ की ७० बर्षीया वृद्धाको मृत्यु भएको हो । उनको आज बिहान ६ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । दीर्घ रोगी पनि रहेकी ती वृद्धालाई साउन १९ गते संक्रमण पुष्टि भएको थियो । साथै सोही दिन उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको पनि प्रतिष्ठानले जनाएको छ । मृतको शवको व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।