धरान: आर्थिक अनियमितताको विषयमा छानबिन गर्न बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा अख्तियारको टोली आईपुगेको छ ।

अख्तियर दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट अनुसन्धान टोली प्रतिष्ठान आएको हो । अख्तियारबाट प्रहरीको एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा टोली धरान आएको हो । बिपिको विभिन्न उपकरण तथा मेसिन खरिद र निर्माणमा भएको अनियमितताबारे छानबिन गर्न अख्तियारको टोली धरान आएको हो । अख्तियार टोलीले अहिले प्रतिष्ठानका कर्मचारीहरुसँग आवश्यक कागजातबारे छलफल गरिरहेको छ । बिपिमा बिगत २ महिनादेखि अनियमितता छानबिन गर्न र दोषीलाई कारबाही गर्नलगायत माग गर्दै आन्दोलन गरिरहेका छन्।