धरान: कोरोना संक्रमण भएपछि उपचाररत रहेकी धरान ८ की एक वृद्धाको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ६५ बर्षीया संक्रमित वृद्धाको मृत्यु भएको हो । उनको हिजो राती ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । उच्च रक्तचापको पनि विरामी रहेकी वृद्धालाई साउन २२ गते संक्रमण पुष्टि भएको थियो । उनलाई सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ।