धरान: प्रदेश नं १ मा पछिल्लो चौबिस घण्टामा ६९२ जनामा कोरोना संक्रमित थपिएका छन् । ती मध्ये २६ जना रधानका छन् । 

सामाजिक विकास मन्त्रालयका अनुसार ७८८ जनाको पीसीआर परीक्षण गर्दा २१५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, १ हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा संक्रमण देखिएको छ । पीसीआर परीक्षणका आधारमा मोरङमा १०८, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा ९, उदयपुरमा २, संखुवासभा र भोजपुरमा १–१ जनामा संक्रमण देखिएको छ ।

मोरङको लेटाङमा ५०, विराटनगरमा २०, पथरीशनिश्चरेमा १६, केराबारीमा १३, बेलबारीमा ५, सुनबर्षी, बुढीगंगा, उर्लाबारीमा १–१ जना छन् । यता, सुनसरीको धरानमा २६, इटहरीमा १३, इनरुवामा २ र बराहक्षेत्रमा १ जना छन् । झापाको दमकमा १५, भद्रपुरमा १०, मेचीनगरमा ४, गौरादह र विर्तामोडमा ३–३, कमल गाउँपालिकामा २ र शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको छ । 

यसैगरि, धनकुटाको धनकुटा नगरपालिकामा ७, पाख्रिबासमा ५, चौवीसे, शहिदभूमीमा १–१, इलामको सुर्योदयमा ४, इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, संखुवासभा र भोजपुरको साल्पा सिलिछोमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, प्रदेश नं १ मा पछिलले चौबिस घण्टामा ६४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०७ महिला र ३३८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।