मोरङ: डाँका मुद्दामा दोषी ठहर भई अदालतबाट कैद र जरिवना फैसला भएपनि फरार रहेका एक अभियुक्त १६ बर्ष पछि पक्राउ परेका छन् ।

अदालतबाट सजाय फैसला भएपनि फरार रहेका पदम विश्वकर्मालाई मोरङ प्रहरीले मिक्लाजुङको टाँडीबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विश्वकर्मालाई धनकुटा जिल्ला अदालतले २०६२ भदौ र असोजमा २ वटा मुद्दामा दोषी ठहर गरेको थियो ।

मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठका अनुसार धनकुटा जिल्ला अदालतले २०६२ भदौ १४ गते डाँका मुद्दामा ६ बर्ष कैद र ४५ हजार रुपैया जरिवानाको फैसला गरेको थियो भने असोज ११ गते ९ बर्ष कैद र १ लाख ५५ हजार ५५० रुपैया जरिवाना गरेको थियो । विश्वकर्मालाई कुल १५ बर्ष कैद र २ लाख ५ सय ५० जरिवाना ठहर भएपनि उनी फरार थिए । उनलाई १६ बर्ष पछि पक्राउ गरि मोरङ जिल्ला अदालतमा बुझाएर कारागार चलान भएको पनि प्रहरी प्रवक्ता एवं डिएसपी श्रेष्ठले जानकारी दिएका छन् ।