धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ जनामा संक्रमण पुष्टि भएको हो भने १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा १३५–१३५, सुनसरीमा ८२, इलाममा २१, धनकुटामा १०, भोजपुरमा ३, पाँचथर, उदयपुर र तेह्रथुममा २–२, ताप्लेजुङ र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ५९, विर्तामोडमा २०, अर्जुनधारामा १३, मेचीनगरमा ११, शिवसताक्षीमा ८, कनकाई र भद्रपुरमा ७–७, कमल गाउँपालिकामा ४, गौरादह र बुद्धशान्तिमा ३–३ जना छन् । मोरङको विराटनगरमा ५१, लेटाङमा २३, बेलबारीमा २२, पथरीशनिश्चरेमा १६, उर्लाबारीमा १०, सुन्दरहरैचामा ४, रतुवामाईमा ३, रंगेली र मिक्लाजुङमा २–२, कानेपोखरी र केराबारीमा १–१ जना छन् । 

यस्तै, सुनसरीको इटहरीमा ४८, धरानमा २७, इनरुवामा ३, बराहक्षेत्रमा २, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१, इलामको रोङमा १३, इलाम नगरपालिकामा ४, चुलाचुलीमा २, सुर्योदय र सन्दकपुरमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिवासमा २, साँघुरीगढी र स्थानीय तह नखुलेका १–१, भोजपुरको षडानन्दमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र फालेलुङमा १–१, उदयपुरको त्रियुगामा २, तेह्रथुमको म्याङलुङमा २–२, ताप्लेजुङ र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१७ महिला र १९२ पुरुष रहेका छन । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।