सुनसरी: इटहरी उपमहानगरपालिमा चार बर्षको अवधिमा १ सय ५ किलोमिटर बाटो कालोपत्रे भएको छ । 

उपमहानगरपालिका भएपछि निवार्चित जनप्रतिनिधिको कार्यकाल एक बर्ष वाँकी रहदा १ सय ५ किलोमिटर बाटो कालोपत्रे भएको हो । इटहरीका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार अबको एक बर्षमा अरु सय किलोमिटर बाटो कालोपत्रे हुनेछ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीका अनुसार इटहरीको गाँउ गाँउका वाटोहरु पिच भएका छन भने धेरै वाटोहरु धमाधम वन्दैछन् । गत आर्थिक वर्षमा सम्झौता भएका धेरै योजनाहरु सम्पन्न हुने चरणमा छन् । अघिल्लो वर्ष सुरु भएका ११ वहुबर्षे सडक मध्ये ७ वटा निर्माण सम्पन्न भएको छ । 

 उपमहानगरका अनुसार चार वटा अलिक लामा सडक दशै अघिनै निर्माण हुने गरि काम भइरहेको छ । आर्थिक बर्ष ७७,७८ का ४० वटा वहुवर्षे योजनामा पनि धमाधम काम भइरहेको छ । वरिष्ठ इन्जिनियर घिमिरेले सवै प्राविधिक जनशक्ति तीनै निर्माणमा केन्द्रित गरिएकोले दशै अघि नै काम सम्पन्न हुने अपेक्षा गरे । गत आर्थिक बर्षमा कोरोनाका कारण वेलैमा ती योजना सुरु हुन सकेका थिएनन् ।

गाउलाई शहरसँग जोडने गरि इटहरीका सवै मुलवाटोहरु कालोपत्रे हुने चरणमा रहेको उपमहानगरले जनाएको छ । चार वर्षको अवधिमा चार वटा पक्कि पुल निर्माण सम्पन्न भइसकेको छ भने ३ वटा ठूला पूल निर्माण सुरु भएको छ । वडाका आफनै भवन निर्माण भइरहेका छन् । अवको एक बर्ष भित्रमा १६ वटा वडा आफनै कार्यालयमा हुने उपमहानगरले जनाएको छ । प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र सँचालन हुदैछन् ।