धरान: धरान उपमहानगरपालिकाको सिफारिशमा जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

यो निर्णयप्रति उद्योगी, व्यवसायीहरु मात्र होइन, दैनिकरुपमा गुजारा गर्ने मजदुरहरु पनि असन्तुष्ट छन् । लकडाउनप्रतिको असन्तुष्टी सामाजिक सञ्जालमा मात्र सिमित भएन, बुधबार दिउँसो धरानमा सडकमा नै प्रकट भयो । अव्यवस्थितरुपमा लकडाउन गरिएको भन्दै धरानमा युवा, मजदुर, विद्यार्थी, व्यवसायीहरुले अभियान नै छेडेका छन् । उनीहरुले बुधबार दिउँसो धरानका मेयर तिलक राईलाई लकडाउनको निर्णय खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए भने करिब साढे ५ बजे भानुचोकमा प्रर्दशनसमेत गरे ।

lockdharan1

लकडाउनविरुद्ध गरिएको शान्तिपुर्ण प्रर्दशनमा सहभागीहरुले गरिखान देउ भन्ने ब्यानर तथा प्ले कार्डहरु प्रर्दशन गरे । साथै, निम्न बर्ग, मजदुरहरुलाई मर्का परेको भन्दै मेयर तिलक राईविरुद्ध पनि नाराबाजी भएको थियो । लकडाउन गर्ने हो भने निम्न अवस्था, मजदुरहरुलाई राहत दिनुपर्ने उनीहरुको भनाई थियो । सरकारले मजदुर वर्गलाई राहत नदिने तर १० दिनको लागि पुग्ने गरि खाद्यान्न खरिद गर्नु भनेकोप्रति पनि असन्तुष्टी जनाए । उनीहरुको प्रश्न थियो, 'दैनिकरुपमा ज्याला, मजदुरी गरेर गरिखानेले कसरी १० दिनलाई पुग्ने खाद्यान्न किन्न सक्छ ?'

lockdharan

प्रर्दशनमा सहभागी केही व्यवसायीहरुले उपमहानगरपालिकाले घरभाडा तिरिदिए लकडाउन गर्न सहमत हुने पनि बताए । स्कुलहरुले सतप्रतिशत शुल्क पनि लिइरहेको भन्दै लकडाउन गर्न आवश्यक नभएको बताए । उनीहरुले लकडाउन भए पनि सरकारी कर्मचारी, जनप्रतिनिधिहरुको तलब, सुविधा पाइरहने भन्दै गरिबलाई मार्ने गरि मात्र लकडाउन गर्नु ठिक नभएको बताए । 

भिडियो :

lock