धरान: प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ४७९ जनामा कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार ७३९ जनाको पीसीआर परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २७९ जनामा संक्रमण देखिएको छ । पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, सुनसरीमा ६६, झापामा ४७, धनकुटामा ७, इलाममा ४, उदयपुरमा २, भोजपुरमा १ जनामा संक्रमण देखिएको छ । 

मोरङको विराटनगरमा ३२, लेटाङमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा ५, केराबारीमा ४, सुन्दरहरैचा र उर्लाबारीमा ३–३, रंगेलीमा २, कानेपोखरीमा १ जना छन् भने सुनसरीको इटहरीमा ३६, धरानमा २२, दुहवी, इनरुवा र बराहक्षेत्रमा २–२, बर्जु र स्थानीय तह नखुलेका १–१ जना छन् । यस्तै, झापाको दमकमा ३०, भद्रपुरमा ७, कमल गाउँपालिकामा ३, मेचीनगरमा २, शिवसताक्षी, गौरादह, विर्तामोड, अर्जुनधारा र कचनकवल १–१ जना छन् ।

यसैगरि, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबास र शहिदभूमीमा १–१, इलामको इलाम नगरपालिका, मांसेबुङ, चुलाचुली र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २ र भोजपुरको भोजपुर नगरपालिकामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै, प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ७३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४३ महिला र ३९३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र १० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।