विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ९९ जनाको पीसीआर परीक्षण गर्दा ३७० जनामा संक्रमण पुष्टि भएको हो भने ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४३, मोरङमा ११२, सुनसरीमा ९३, इलाममा ७, पाँचथरमा ३, संखुवासभामा २, तेह्रथुम, ताप्लेजुङ, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ३४, विर्तामोडमा ३२, कनकाईमा १६, अर्जुनधारामा १५, शिवसताक्षीमा १३, बुद्धशान्तिमा १०, मेचीनगरमा ८, कमल गाउँपालिकामा ४, भद्रपुर, गौरीगञ्ज र बाह्रदशीमा २–२, हल्दिबारीमा १ जना छन् । मोरङको विराटनगरमा ४२, सुन्दरहरैचामा ३९, उर्लाबारीमा १४, सुनबर्षीमा ५, पथरीशनिश्चरेमा ४, कानेपोखरी र बेलबारीमा २–२, लेटाङ, ग्रामथान, बुढीगंगा र मिक्लाजुङमा १–१ जना छन् । 

सुनसरीको इटहरीमा ८३, इनरुवामा ५, धरान र बराहक्षेत्रमा २–२, देवानगञ्जमा १, इलामको इलाम नगरपालिकामा ३, सुर्योदयमा २, माई र चुलाचुलीमा १–१, पाँचथरको फिदिममा २, याङवरकमा १, संखुवासभाको पाँचखपन र मादीमा १–१, तेह्रथुममा १, ताप्लेजुङको आठराई त्रिवेणी, धनकुटाको साँघुरीगढी र भोजपुरको अरुण गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५७ महिला र २०५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।