विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ जनामा संक्रमण पुष्टि भएको हो भने ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा ६८, सु्नसरीमा ६७, इलाममा १२, संखुवासभामा ५, उदयपुरमा २, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ३०, कनकाई र अर्जुनधारामा २६–२६, दमकमा १९, शिवसताक्षीमा १६, मेचीनगरमा १४, बुद्धशान्तिमा ८, भद्रपुरमा ४, कमल गाउँपालिकामा २, गौरादह, बाह्रदशी, गौरीगञ्ज र हल्दिबारीमा १–१ जना छन् । मोरङको बेलबारीमा २५, विराटनगरमा २३, सुन्दरहरैचामा ७, बुढीगंगा र पथरीशनिश्चरेमा ३–३, रंगेली र कानेपोखरीमा २–२, केराबारी, मिक्लाजुङ र लेटाङमा १–१ जना संक्रमित छन् । 

यसैगरि, सुनसरीको इटहरीमा ३१, धरानमा १९, बराहक्षेत्रमा ५, दुहवी र रामधुनीमा ३–३, देवानगञ्जमा २, इनरुवा, बर्जु, भोक्राहा, हरिनगरमा १–१ जना संक्रमित थपिएका छन् । उता, इलामको सुर्योदयमा ५, इलाम नगरपालिकामा ४, चुलाचुलीमा २, माईमा १,संखुवासभाको खाँदबारीमा ५, उदयपुरको बेलकामा २, पाँचथरमा १ र तेह्रथुममा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५७ महिला र १५५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र १३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।