विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमित थपिएका छन् । 

सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ जनामा संक्रमण पुष्टि भएको हो भने १ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५०, मोरङमा १३८, सुनसरीमा १०५, इलाममा १२, धनकुटामा ८, भोजपुरमा ४, तेह्रथुम र उदयपुरमा ३–३, पाँचथर, सोलुखुम्वु र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ४३, कनकाईमा २०, मेचीनगरमा १७, दमकमा १६, शिवसताक्षीमा १३, अर्जुनधारामा १२, बाह्रदशी र बुद्धशान्तिमा ८–८, कमल गाउँपालिकामा ६, भद्रपुरमा ५, गौरादह र स्थानीय तह नखुलेका १–१ जना छन् । मोरङको विराटनगरमा ५१, सुन्दरहरैचामा ४२, पथरीशनिश्चरेमा २०, केराबारीमा ११, बेलबारी र उर्लाबारीमा ३–३, लेटाङ, रतुवामाई , बुढीगंगा र मिक्लाजुङमा २–२ जना छन् । 

यता, सुनसरीको इटहरीमा ६५, धरानमा ३०, इनरुवामा ४, बराहक्षेत्र र रामधुनीमा २–२, गढी र स्थानीय तह नखुलेका १–१ जना छन् भने इलामको इलाम नगरपालिकामा ५, चुलाचुलीमा ३, माईजोगमाई, माई, सुर्योदय र रोङमा १–१ जना छन् । यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबासमा २, स्थानीय तह नखुलेका १ जना छन् भने भोजपुरको अरुणमा २, भोजपुर नगरपालिका र हतुवागढीमा १–१ जना छन् । तेहथुमको आठराईमा २ र लाली गुराँसमा १, उदयपुरमा ३, पाँचथरमा १, सोलुखुम्वुमा १, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ५२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६३ महिला र २६५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।