विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमित थपिएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ जनामा संक्रमण पुष्टि भएको छ भने ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार मोरङमा १२३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा ९, इलाममा ६, पाँचथरमा २, खोटाङ, उदउयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको छ ।
मोरङको विराटनगरमा ६३, लेटाङमा ३०, बेलबारीमा १६, उर्लाबारीमा ५, पथरीशनिश्चरे र सुन्दरहरैचामा ३–३, कानेपोखरी, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१ जना छन् । झापाको विर्तामोडमा २८, शिवसताक्षी र दमकमा १४–१४ दमकमा १३, मेचीनगरमा ११, अर्जुनधारामा ८, भद्रपुरमा ७, कनकाईमा ६, कमल गाउँपालिकामा ३, बुद्धशान्ति र बाह्रदशीमा २–२, गौरादह, हल्दिबारी र झापा गाउँपालिकामा १–१ जना छन् ।
सुनसरीको धरानमा ३४, इटहरीमा १२, रामधुनीमा ३, इनरुवामा २, बराहक्षेत्र र दुहवीमा १–१ जना थपिएको छ भने धनकुटाको धनकुटा नगरपालिकामा ८, महालक्ष्मीमा १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, सुर्योदय र मांसेबुङमा १–१, पाँचथरको फिदिम र फालेलुङमा १–१, खोटाङको खोटेहाङ, उदयपुरको चौदण्डीगढी र संखुवासभामा १–१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२६ महिला र २६५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।