धरान: कोभिसिल्ड र भेरो सेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेका धरानबासीहरुलाई सुखद् खबर छ, दुवै खोपको दोस्रो मात्रा लगाउने निश्चित भएको छ ।
धरान उपमहानगरपालिकाले गत फागुन २३ गतेयता कोभिसिल्डको पहिलो खोप लगाएकाहरुलाई दोस्रो मात्रा लगाउने तालिका आज शुक्रबार सार्वजनिक गरेको छ । यस्तै, भेरो सेलको दोस्रो मात्रा लगाउने तालिका पनि सार्वजनिक गरेको छ । मितिसँगै उपमहानगरको स्वास्थ्य महाशाखाले खोप केन्द्रहरु पनि सार्वजनिक गरेकोछ ।
स्वास्थ्य महाशाखाका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई एस्टाजेनेका खोप लगाइनेछ । यो खोप एउटै भएपनि अलग अलग देशमा उत्पादन भएकोले नाम पनि अलग भएको हो । कोभिसिल्डको दोस्रो मात्रा भदौ १३ र १४ गते लगाइनेछ । भदौ १३ गते वडा नं १ देखि १० सम्मका बासिन्दाहरुलाई लगाइनेछ भने १४ गते ११ नम्बर वडादेखि २० नम्बर वडासम्मका बासिन्दाहरुलाई यो खोप लगाइनेछ ।
यस्तै, भेरो सेल खोप १५ र १६ गते लगाइनेछ । पहिलो दिन वडा नं १ देखि १० सम्मका बासिन्दाहरुलाई लगाइनेछ भने १६ गते वडा नं ११ देखि २० सम्मका नागरिकहरुलाई लगाइनेछ । यो खोप अभियानमा विगतमा पहिलो मात्रा लगाइसकेकाहरुलाई मात्र दोस्रो मात्रा लगाइने पनि स्वास्थ्य महाशाखाले प्रष्ट पारेको छ । ‘कसैलाई पनि पहिलो मत्रा लगाइनेछैन,’स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले भने ।
कुन वडामा कहाँ रहन्छ खोप केन्द्र ? यस्तो छ तालिका
कोभिसिल्डको दोस्रो खोप लगाउन भदौ १३ र १४ गते खोप कार्यक्रम हुने वडा र खोप केन्द्रहरु:
भेरोसेलको दोस्रो मात्रा लगाउन भदौ १५ र १६ गते खोप कार्यक्रम हुने वडा र खोप केन्द्रहरु: