धरान: कोरोना महामारीको असर चलचित्र क्षेत्र पनि छ । नयाँ फिल्महरु निर्माण भइरहेको छैन भने सरकारले भिडभाड हुने क्षेत्रहरुमध्ये फिल्म हललाई पनि खोल्ने अनुमति दिएको छैन । 

यस्तोमा चलचित्रकर्मीहरु मारमा छन् । शनिबार बिहानै पुर्वका चलचित्रकर्मीहरुको लागि दुःखद् घटना भयो । सुनसरीको रामधुनी ५ झुम्कास्थित म्याजिक सिनेमा हलमा आगलागी भयो । आगलागीबाट २ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागी त्यसै पनि दुःखद घटना थियो । अझ चलचित्रकर्मीहरु दुःखी हुनुमा यो फिल्महल कुनै व्यापारी वा उद्योगपतिको मात्र थिएन । यो त चलचित्र क्षेत्रमा बषौंदेखि लागिपरेका एक कलाकार दम्पत्तिले सञ्चालन गरेको हल थियो ।

agalagi2

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष एवं निर्देशक अरुण प्रधानका अनुसार यो फिल्म हल सञ्चालक पर्शुराम चौधरी थारु चलचित्रका पहिलो नायक हुन् । उनी तुलसी घिमिरेले निर्देशन गरेको चर्चित चलचित्र वलिदानको नायकहरुमध्येका एक प्रमुख कलाकार पनि हुन् । 'उहाँ निर्माता, निर्देशक, प्राविधिक र कलाकार हुनुहुन्छ,' प्रधानले भने,'कोरोना र लकडाउनको कारण फिल्म क्षेत्र मार छ । सिनेमा हलहरु बन्द नै छ । यो बेला आगलागीले उहाँको हल पुरै क्षति भएको छ । सम्बन्धित निकायबाट उहाँले पाउनुपर्ने क्षतिपूर्ति छिटो छरितो र पुर्णरुपमा दिइनुपर्छ भन्ने अनुरोध छ ।'

agalagi4

पर्शुरामको श्रीमति रेणु चौधरी पनि चलचित्रकर्मी हुन् । उनी चलचित्रकर्मी महासंघ प्रदेश १ की वरिष्ठ उपाध्यक्ष, निर्माता र कलाकार हुन् । अझ पर्शुरामलाई त थारु सिने क्षेत्रले महानायककोरुपमा मान्ने गरेको छ । उनी थारु चलचित्र संघका केन्द्रीय अध्यक्ष पनि छन् । 'उहाँहरुको चलचित्र क्षेत्रमा ठुलो योगदान छ, आज भएको घटनाले हामी सम्पुर्ण चलचित्रकर्मीहरु दुःखित छौं,' चलचित्रकर्मी महासंघ प्रदेश १ का महासचिव दिनेश कोइरालाले भने । 

आज बिहान भएको आगलागीमा पर्शुराम घाइते भएका छन् । उनको दुवै हातहरु आगोले पोलेर फोकाहरु उठेको छ । हल पुर्णरुपमा जलेर क्षति पुगेको छ । आगो करिब दुई घण्टाको प्रयासमा नियन्त्रणमा आएको थियो । तर, हल भने पुर्णरुपमा क्षति पुगेको र पुर्ननिर्माणमा करोडौं खर्च हुने चलचित्रकर्मी महासंघका अध्यक्ष प्रधानले बताए । सबै तस्बिरहरु: अरुण प्रधानको फेसबुकबाट

agalagi3agalagi8

agalagi5

agalagi6

agalagi

agalagi9