विराटनगर: प्रदेश १ का नवनियुक्त सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गरेका छन् ।

मन्त्री साम्सोहाङले कोभिड अस्पतालमा उपचाररत विरामीको अवस्था, आईसीयु, एडियू वेड लगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक, स्वाथ्यकर्मीसँग जानकारी लिएका हुन् । उनले कोरोना संक्रमितको उपचार प्रभावकारीरुपमा गर्न र कुनै गुनासो आउन नदिन पनि निर्देशन दिए ।

कोभिड संयोजक साहले अस्पतालमा अहिले बेडको अभाव नभएको जानकारी गराए । मन्त्री साम्सोहाङले कोभिड अस्पतालको प्रशासनिक कार्य उपचार केन्द्रको खाली भवनबाट गर्ने गरि व्यवस्थापन मिलाउन निर्देशन दिएका छन् । उनले भने,‘टेन्टबाट भन्दा खाली भवन मर्मत गरेर सञ्चालन गर्नुहोस् ।’ 

प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल आईसीयु, एसडीयू, भेन्टिलेटर सहित गरि ९६ वेडको रहेको छ । कोभिड अस्पतालको सामाजिक विकास मन्त्री साम्सोहाङ, मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई लगायतले अनुगमन गरेका थिए ।