धरान: कोभिसिल्डको पहिलो मात्रा लगाएका धरानबासीहरुले करिब ६ महिनापछि हिजो दोस्रो मात्रा पनि लगाएका छन् ।
स्वास्थ्य महाशाखाका अनुसार हिजो आइतबार दोस्रो मात्रा लगाउनेको संख्या २ हजार ६ सय ५७ रहेको छ । हिजो वडा नं १ देखि १० सम्मका नगरबासीहरुलाई कोभिसिल्डको दोस्रो मात्रा एस्ट्राजेनेका खोप लगाइएको हो । आज बाँकी वडाहरु ११ देखि २० नम्बरमा कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाइदैछ । उपमहानगरले ती वडाका विभिन्न स्थानलाई खोप केन्द्र तोकेको छ ।
गत बर्षको फागुन २३ गतेदेखि कोभिसिल्ड लगाइएको थियो । करिब ४ हप्तामा दोस्रो मात्रा लगाउनुपर्ने भएपनि दोस्रो मात्रा खोप सरकारले उक्त समयभित्र व्यवस्थापन गर्न नसक्दा आम नागरिकले लामो समय प्रतिक्षा गर्नुपरेको हो । यो बीचमा कतिपयले भारतमा गएर कोभिसिल्डको दोस्रो मात्रा लगाए भने कतिपयले जन्सन एण्ड जन्सन र भेरो सेल खोप नै लगाइसकेको पाइएको छ ।
आज कोभिसिल्डको खोप लगाउने वडा र खोप केन्द्र
भोली र पर्सि भेरो सेलको दोस्रो मात्रा
धरानमा भोली मंगलबार र पर्सि बुधबार पनि खोप लगाइने छ । यी दुई दिनमा भने भेरो सेलको पहिलो मात्रा लगाइसकेकाहरुलाई दोस्रो मात्रा लगाइने स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए । धरानमा दुई दिनमा १५ हजार ३११ जनाको लागि दोस्रो मात्रा भेरो सेल खोप आउदैछ ।
मंगलबार वडा नं १ देखि १० सम्म र बुधबार बाँकी वडा ११ देखि २० सम्मका भेरो सेलको पहिलो मात्रा लगाइसकेकाहरुलाई दोस्रो मात्रा लगाइनेछ ।
यस्तो छ भेरो सेल लगाउने तालिका र खोप केन्द्र