धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ २२ गते रातीसम्मको लागि निषेधाज्ञा थप गरेको छ ।

डिसिसिएमसिको सिफारिश र कोरोना संक्रमणको स्थितिले गर्दा निषेधाज्ञाको अवधि बढाउनुपरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् । उनका अनुसार भदौ १५ गते मंगलबारदेखि लागु हुने गरि भदौ २२ गते मध्यराती १२ बजेसम्मलाई निषेधाज्ञा बढाइएको छ । यद्यपी, निषेधाज्ञा पुर्णरुपमा लागु नभएको भन्दै प्रशासनको आलोचना नि भइरहेको छ । 

cdo-notice 2