धरान: जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ नेतृत्व चयन भएको छ ।
डा.पदन नेपालीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । डा.नेपाली यसअघि सोसाइटीको उपाध्यक्ष एवं प्रवक्ता रहेका थिए । समितिको उपाध्यक्षमा डा.बुद्धिनाथ साह, सचिवमा डा.राकेश वर्मा, कोषाध्यक्षमा डा.सन्तोष धरेल र सहसचिवमा डा.अनिल तिम्सिना चयन भएका छन् ।
यसैगरि, सदस्यहरुमा डा.आस्था पाठक, डा.अच्युत शर्मा न्यौपाने, डा.उत्सव चाँपागाई, डा.चन्दन चौधरी, डा.पुजा वि.सि., डा.पुरञ्जन थापा, डा.विकास खड्का र डा.विकास श्रेष्ठ चयन भएका छन् ।