धरान: कोरोना संक्रमणबाट धरानका एक युवाको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा धरान १२ का ३४ बर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार आज दिउँसो २ बजे मृत्यु भएको हो । मृतकलाई भदौ ३ गते संक्रमण पुष्टि भएको थियो भने भदौ १० गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।