विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८७ जनामा कोरोना संक्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा २४८ जनामा संक्रमण पुष्टि भएको हो भने ८५० जनाको एन्टिजेन परीक्षण गर्दा १३९ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९५, मोरङमा ७३, सुनसरीमा ६०, इलाममा ८, धनकुटामा ५, भोजपुरमा ३, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।
झापाको दमक र भद्रपुरमा १५–१५, मेचीनगरमा १२, शिवसताक्षीमा ११, विर्तामोडमा १०, कनकाईमा ९, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ५, गौरादह र बाह्रदशीमा ३–३, बुद्धशान्ति, हल्दिबारी र झापा गाउँपालिकामा २–२ जना छन् । मोरङको विराटनगरमा ३४, बेलबारीमा १७, सुन्दरहरैचामा ६, उर्लाबारीमा ५, बुढीगंगामा ३, कानेपोखरीमा २, पथरीशनिश्चरे, ग्रामथान, केराबारी, कटहरी, रंगेली र मिक्लाजुङमा १–१ जना छन् ।
सुनसरीको इटहरीमा ३०, धरानमा २१, इनरुवामा ३, दुहवीमा २, बराहक्षेत्र, हरिनगर, रामधुनी र कोशी गाउँपालिकामा १–१, इलामको इलाम नगरपालिकामा ६, देउमाई र रोङमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, छथर जोरपाटीमा १, भोजपुरको भोजपुर नगरपालिकामा ३, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९३ महिला र २०० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।