विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८३ जनामा कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार २३० जनाको. पीसीआर परीक्षण गर्दा २८० जनामा संक्रमण पुष्टि भएको हो भने ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ११९, झापामा ७७, सुनसरीमा ६६, इलाममा ५, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४५, सुन्दरहरैचामा २४, पथरीशनिश्चरेमा १९, बुढीगंगामा ९, केराबारीमा ४, रंगेलीमा ३, धनपालथान, कटहरी, ग्रामथान, उर्लाबारी, सुनबर्षी र बेलबारीमा २–२, रतुवामाई, लेटाङ र कानेपोखरीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, झापाको दमकमा २४, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा ८–८, विर्तामोडमा ७, अर्जुनधारामा ६, बुद्धशान्ति र हल्दिबारीमा ३–३, कमल गाउँपालिका र बाहृदशीमा २–२, गौरादह, कनकाई र झापा गाउँपालिकामा १–१ जना छन् ।

यता, सुनसरीको इटहरीमा ३२, धरानमा १५, बराहक्षेत्र र इनरुवामा ५–५, रामधुनीमा ४, दुहवी र स्थानीय तह नखुलेका २–२, देवानगञ्जमा १, इलामको इलाम नगरपालिकामा ४ र सुर्योदयमा १, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २३१ महिला र २१६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।