धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई दैनिक प्रशासिनक तथा अनिवार्य आर्थिक कार्यबाहेक अन्य कार्यहरु नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका उपसचिव प्रकाश अधिकारीले हिजो (बिहिबार) प्रतिष्ठानलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएका हुन् । यो निर्णय सचिवस्तरीय भएको पनि पत्रमा उल्लेख छ । प्रतिष्ठानको समस्याहरु पहिचान गरी समस्या समाधानका लागि अध्ययन तथा छानबिन गर्न गठित कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेकोले सिनेट बैठकबाट निर्णय नभएसम्मको लागि दैनिक प्रशासिनक र अनिवार्य दायित्व सृर्जना हुने आर्थिक कार्यबाहेक प्रतिष्ठानलाई थप आर्थिक दायित्व सृर्जना हुने अन्य कार्यहरु नगर्न, नगराउन निर्देशन दिएको छ । 

vc