विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना संक्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ११० जनाको पीसीआर परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भएको हो भने ९०३ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ९०, झापामा ५५, सुनसरीमा २२, इलाममा १५, धनकुटामा ६, ताप्लेजुङमा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको छ ।
मोरङको विराटनगरमा ६६, बेलबारीमा ८, उर्लाबारीमा ६, कानेपोखरीमा ३, सुन्दरहरैचा र कटहरीमा २–२, लेटाङ, सुनबर्षी र स्थानीय तह नखुलेका १–१ जना छन् । झापाको दमकमा २२, शिवसताक्षीमा १०, अर्जुनधारामा ७, बुद्धशान्ति, गौरादह, भद्रपुर र कनकाईमा ३–३, विर्तामोडमा २, झापा गाउँपालिका र कमल गाउँपालिकामा १–१ जना छन् ।
यता, सुनसरीको इटहरीमा १६, धरानमा ३, बराहक्षेत्रमा २, दुहवीमा १ जना छन् भने इलामको रोङमा ७, चुलाचुलीमा ४, माई, फाकफोकथुम, सुर्योदय र इलाम नगरपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४ र चौवीसेमा २, ताप्लेजुङको सिदिङ्वामा २, भोजपुरको भोजपुर नगरपालिका र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४७० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२९ महिला र २४१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।