धरान: धरानको वडा नं. ११ मा निर्माण गरिएको आधारभुत स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ ।
सुनौलो मार्गमा निर्माण भएको उक्त भवनको शनिबार मेयर तिलक राईले उद्घाटन गरेका हुन् । उक्त भवन दिपादिल कन्ट्रक्सनले ४३ लाख ६२ हजार १ सय ३० रुपैयाँ ७२ पैसामा (भ्याट, पि.एस. सहित) निर्माण गरेको हो । प्रमुख अतिथि समेत रहेका मेयर राईले धरानबासीहरुले सामान्य रोगको उपचारबाट बञ्चित भई आफ्नो ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले आधारभुत स्वास्थ्य चौकी भवन स्थापना गरिएको बताए । भवनलाई विस्तारै बढाउँदै लगेर प्रसुती गृह लगायत सेवाहरु पनि सञ्चालन गरिने उनको भनाई थियो ।
उपमेयर मञ्जु भण्डारी सुवेदीले उपमहानगरपालिकाले स्वास्थ्य चौकीमा कर्मचारी खटाउने बताउँदै यसको संरक्षण गर्ने जिम्मेवारी स्थानीयबासीहरुको पनि भएको बताइन् । वडाध्यक्ष बाबुलाल लामा, उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, बरिष्ठ ईञ्जिनियर सुरज श्रेष्ठ लगायतले कार्यक्रममा सम्बोधन गरेका थिए ।