विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९९ जनामा कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार २१ जनाको पीसीआर परीक्षण गर्दा २६६ जना छन् भने ७१८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १३३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोेरङमा १२३, सुनसरीमा ८६, झापामा ४५, धनकुटामा ६, इलाममा ३, पाँचथर, उदयपुर र संखुवासभामा १–१ जनामा संक्रमण देखिएको हो । 

मोरङको विराटनगरमा ८९, पथरीशनिश्चरेमा १०, केराबारीमा ७, बेलबारी र उर्लाबारीमा ३–३, बुढीगंगा, ग्रामथान, रंगेली र सुन्दरहरैचामा २–२, कटहरी, रतुवामाई, कानेपोखरीमा १–१ जना छन् । सुनसरीको इटहरीमा ७३, धरानमा ४, रामधुनीमा ३, इनरुवामा २, दुहवी, गढी, देवानगञ्ज र बराहक्षेत्रमा १–१ जना छन् । 

झापाको दमकमा १६, भद्रपुरमा १२, मेचीनगर र विर्तामोडमा ४–४, शिवसताक्षीमा ३, हल्दिबारी र झापा गाउँपालिकामा २–२, कचनकवल र कमल गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिमा ६, इलामको इलाम नगरपालिकामा २ र रोङमा १, पाँचथरको मिक्लाजुङ, उदयपुरको त्रियुगा र संखुवासभाको खाँदबारीमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९२ महिला र २०६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।