धरान: परीक्षामा सहभागी हुनुपर्ने कक्षा १२ तथा कलेजका परीक्षार्थीहरुलाई धरानमा खोप लगाइने भएको छ ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार यही भदौ २५ र २६ गते परीक्षार्थी विद्यार्थीहरुलाई लक्षित गरेर खोप कार्यक्रम तय गरिएको छ । ती परीक्षार्थीहरुलाई एस्ट्राजेनेका खोप लगाइने महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार कक्षा १२ वा त्यो भन्दा माथिका परीक्षा दिनुपर्ने विद्यार्थीहरुलाई यो खोप लगाइनेछ । खोप लगाउनको लागि १८ बर्ष उमेर पुगेको हुनुपर्नेछ भने अनिवार्यरुपमा प्रवेश पत्र साथमा हुनुपर्नेछ ।

भदौ २५ गते शुक्रबार विभिन्न ९ वटा खोप केन्द्रमा २ हजार ८ सय ४२ जनालाई खोप लगाइनेछ भने २६ गते पनि विभिन्न ९ वटा खोप केन्द्रमा २ हजार ९ सय ३८ जनालाई खोप लगाइनेछ । महाशाखाका अनुसार विभिन्न कलेजहरुलाई नै खोप केन्द्र तोकिएको छ । ‘कक्षा १२ र त्योभन्दा माथिल्लो कक्षा डिप्लोमा, माष्टर्सका परीक्षार्थी विद्यार्थीहरुलाई खोप लगाउने कार्यक्रम हो, अनिवार्य प्रवेश पत्र र १८ बर्ष पुगेको हुनुपर्छ,’मेहताले भने । 

khop2khop3