काठमाण्डौं: बुधबारदेखि सरकारी खर्च रोकिने भएको छ । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा केही दिनको लागि सरकारी खर्च रोकिने भएको हो ।

बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसद सुचारु हुँदा ६० दिनभित्र पारित गर्नुपर्ने हुन्छ । उक्त व्यवस्था अनुसार समयावधि बुधबार सकिदैछ । बजेट पारित नहुदै संसद बैठक असोज ४ गतेसम्मको लागि स्थगित भएको छ ।

संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा केही दिन सरकारी खर्च रोकिन सक्ने बताएका हुन् । सरकारले पेश्की विधेयक ल्याउने विकल्प पनि नरोजेपछि सरकारी खर्चमा रोक लागेको हो ।