विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमित थपिएका छन् । 

सामाजिक विकास मन्त्रालयका अनुसार ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ जनामा संक्रमण पुष्टि भएको छ भने ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ९०, सुनसरीमा २७, मोरङमा २२, इलाममा ६, धनकुटामा ३, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । 

झापाको दमकमा १९, विर्तामोडमा १६, अर्जुनधारामा १३, कनकाईमा १२, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा ६–६, बाहृदशी र बुद्धशान्तिमा २–२, कचनकवल, कमल गाउँपालिका र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ । यताm सुनसरीको धरानमा १९, इटहरीमा ४, देवानगञ्ज, बराहक्षेत्र, दुहवी र इनरुवामा १–१ जना संक्रमित थपिएका छन् ।

मोरङको विराटनगरमा १५, बुढीगंगामा ३, उर्लाबारीमा २, कटहरी र सुनबर्षीमा १–१, इलामको इलाम नगरपालिका, सुर्योदय र माईमा २–२, धनकुटाको धनकुटा नगरपालिका छथरजोरपाटी र पाख्रिबासमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १४० महिला र १४० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।